काठमाडौं । मेगा बैंकले बिभिन्न पदका लागि कर्मचारीको माग गरेको छ। बैंकले एसिस्टेन्ट देखि डेपुटी म्यानेजरसम्मको पदमा १७ जना कर्मचारी माग गरेको हो। बैंकले म्यानेजरीयल लेभलका लागि २ जना, अफिसर लेभलका लागि ५ जना र असिस्टेन्ट लेभलका लागि १० जना कर्मचारीको माग गरेको हो ।
बैंकले आफ्नो कार्यलय तथा उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । बैंकले पदअनुसार स्नातकदेखि स्नातकोत्तरसम्मको शैक्षिक तथा १ देखि ११ बर्षसम्मको सम्बन्धित क्षेत्रमा कामको अनुभव तोकेको छ।
ईच्छुक तथा योग्यता पुगेकाले आज असोज १३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।