Connect IPS
IME Life

मध्य भोटेकोशी जलविद्युतको आइपीओ बाँडफाँड सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले गत साउन ५ गतेदेखि ३२ गतेसम्म आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ आज बाँडफाँड भएको हो । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आयोजना प्रभावित क्षेत्र अन्तर्गतका १८० कित्तासम्मका लागि आवेदन दिने आवेदकलाई माग बमोजिम शेयर दिइएको छ ।

१९० कित्तादेखि ४०० कित्तासम्म माग गर्ने आवेदकहरु मध्येबाट थप २ हजार ३१३ जनालाई गोलाप्रथाको माध्यमबाट थप १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ । आयोजना प्रभावित क्षेत्र अन्तर्गतका आवेदकहरुले १९० कित्ताका दरले शेयर हात पारेका छन् ।

Prabhu
Crest

त्यस्तै, आयोजना प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गत कुल आवेदकहरुमध्येबाट १० कित्तादेखि ४० कित्तासम्म माग गर्नेलाई माग बमोजिम र ५० देखि ४०० कित्तासम्म माग गर्नेलाई गोलाप्रथाको माध्यमबाट ४० हजार ५४८ जनाले थप १० कित्ताका दरले शेयर पाएका छन् ।

आयोजना प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गतका आवेदकले अधिकतम ५० कित्तासम्म शेयर पाएका छन् ।

यस आईपीओमा १ लाख ८ हजार ५२७ जनाले आवेदन दिएको विक्री प्रबन्धकको भनाइ छ । कुल आवेदकहरुमध्ये आयोजना प्रभावित क्षेत्र अन्तर्गत १२ हजार १४७ जना आवेदक रहेका थिए । यी मध्ये ४९ जनाको आवेदन रद्द भएको र योग्य १२ हजार ९८ जना आवेदकहरुमा शेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले कुल कित्तामध्ये आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थानीयका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य बासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री गरेको हो ।

कम्पनीले गत साउन ५ गतेदेखि ३२ गतेसम्म स्थानियका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती र मार्मिङ गा.वि.स,) बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स) तथा बाह्रबिसे नगरपालिका वडा नं ७ र ८ (साविक घुम्थाङ्ग र मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरु समेतको लागि कुल ६० लाख कित्ता आईपीओ विक्री गरेको हो ।

अब दोस्रो चरणमा १५ प्रतिशतका दरले ९० करोड बराबरको ९० लाख कित्ता शेयर कम्पनीले आम सर्वसाधारणमा विक्री गर्नेछ । यस अघि कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ ।

हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ५० करोड रुपैयाँ रहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्ता पूँजी ६ अर्ब पुग्नेछ ।

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS