GBIME
IME Life

आज अन्तिम दिन साहस उर्जाको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज अन्तिम दिन साहस उर्जा लिमिटेडको आइपीओमा २४ लाख बढीले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनआइबीएल एस क्यपिटलका अनुसार आज आइतबार साँझ ५ बजेसम्ममा २४ लाख ६२ हजार भन्दा बढी आवेदकहरूले ३ करोड ४३ लाख कित्ताका लागि आवेदन दिएका हुन् । यो माग गरिएको भन्दा ५.६२ गुणा बढी आवेदन हो ।

कम्पनीले असोज ६ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकति मूल्यमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात तीन लाख ५० हजार कित्ता सामुहिक लगानीकोषका लागि र ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कर्मचारीहरुको लागि सुरक्षित गरिएको छ । सामुहिक लगानीकोष र कर्मचारीहरुलाई सुरक्षित गरेर बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सर्वसाधारणले भर्न पाउने व्यवस्था थियो ।

SKYWELL
Crest

सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था थियो । कम्पनीले सोलुखुम्बु जिल्लामा ८६ मेगावाट क्षमताको सोलु खोला ‘दुधकोशी’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको कुल लागत ११ अर्ब ८६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतिमेगावाट लागत १३ करोड ७९ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी तीन अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

जसमध्ये ७० प्रतिशत संस्थापक समुह र ३० प्रतिशत सर्वसाधारण समुहको हुनेछ । इक्रा नेपालले प्राथमिक शेयर निष्काशनका लागि गरेको रेटिङ अनुसार कम्पनीले मध्यम किसिमको जोखिमको संकेत गर्ने ‘इक्रा आइआर डबल बि’ प्राप्त गरेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS