IME Life New

ज्योति लाइफ पाँचौ वर्षमा प्रवेश, व्यवसाय विस्तारमा उल्लेख्य प्रगति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी चौथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । २०७४ असोज ८ गते आजकै दिनबाट कारोबार शुरु गरेको कम्पनीले व्यवसाय विस्तार गर्ने क्रममा शाखा विस्तार, नयाँ/नयाँ सुविधा सहितका जीवन बीमा योजनाहरु, सेवामा गुणस्तरियता लगायत जीबन बीमा सम्बन्धी जनचेतना जगाउने कार्यलाइ तिव्रताका साथ अगाडि बढाउँदै आफुलाइ अग्र पंक्तीमा उभ्याउन प्रयासरत रहेको पाइन्छ ।

कम्पनीले छोटो अवधिमा नै उत्कृष्ट कार्य गर्दै आएको छ । बीमितहरुलाई छिटो छरितो तथा सहज सेवा पस्कदै आएको छ।  गत आर्थिक वर्षको वित्तीय विवरण अध्ययन तथा विश्लेषण गर्दा कम्पनीले प्रत्येक त्रैमासमा नयाँ उचाइ हासिल गरेको देखिन्छ ।

Esewa
Crest

चार वर्षको अवधिमा कम्पनीले ७३ जिल्लाको विभिन्न भागमा १२३ वटा शाखा संजाल विस्तार गरी आफ्ना बीमितहरुलाई सेवा प्रवाह गर्दै आएको छ । कम्पनीले यस अवधिमा सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध ५० लाख सम्मको आर्थिक सुरक्षा दिने योजना रहेको छ ।

२ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले ३.१० अर्ब कुल बीमा शुल्क सहित हाल सम्म ६.९० अर्ब कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । ४ अर्बको जीबन बीमा कोषमा रहेको छ । कम्पनीले विभिन्न १० किसिमका आकर्षक जीबन बीमा योजना जारी गरेको छ । कुल ७ अर्ब लगानी गरेको छ ।

त्यसैगरी कम्पनीमा हाल १० हजार भन्दा बढी सक्रिय अभिकर्ताहरु आबद्ध रहेका छन् । कम्पनीबाट ९० हजार भन्दा बढी बीमितले सेवा पाइरहेका छन् । कम्पनीले ISO 9001:2015 गुणस्तर चिन्ह प्रमाणपत्र प्राप्त गरिसकेको छ ।

यस अवसरमा कम्पनीलाई चार वर्षको यात्रासम्म निरन्तर साथ दिने सम्पूर्ण शेयरधनी कर्तब्यनिष्ठ भई जिम्मेवारी निर्वाह गर्ने कर्मचारीहरु, कम्पनीको मेरुदण्डको रुपमा रहेका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरु, वित्तीय संस्थातथा संस्थागत अभिकर्ताहरु, कम्पनीको बीमालेख लिई सेवा गर्ने अवसर प्रदान गर्ने सम्पूर्ण बीमितहरु, कम्पनीको प्रचार प्रसारमा सहयोग गर्ने संचार क्षेत्र र कम्पनीलाई सधैं दिशानिर्देश गरि सहयोग पुर्याउने बीमा समिति लगायत अन्य नियामक निकायहरु प्रति हार्दिक धन्यवाद तथा आभार ब्यक्त गरेको छ ।

साथै आगामी दिनहरुमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीले विश्वास, साथ र निरन्तर सहयोगको अपेक्षा गरेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS