काठमाडौं । रु रु जलविद्युत् परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि भोलि असोज ७ गते बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले मात्र लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले आगामी असोज १६ गते साधारण सभा गर्ने भएको छ । कम्पनीले सभा बिहान ११ बजे कामनपा १ हात्तिसारस्थित कार्यालयमा भर्चुअल माध्यमबाट शुरु हुने गर्ने जानकारी गराएको छ ।
सभामा कम्पनीले दुई आर्थिक वर्षको लाभांश वितरण गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७६/७७ को १० दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १० प्रतिशत बोनश शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ ।