IME Life New

संविधान दिवसको अवसरमा बीमा क्षेत्रका ६ जना सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा बीमा क्षेत्रका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेकी छिन् । विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरुलाई मान-पदवी, अलङ्कार र पदकद्धारा विभुषित गरिएको छ ।

यसै क्रममा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले बीमा क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै प्रवल जनसेवा श्री पदक प्राप्त गरेका हुन् ।

Esewa
Crest

हिमालय रि इन्स्योरेन्स कम्पनीका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखरले पनि सुप्रवल जनसेवाश्री पदक प्राप्त गरेका छन् । हिमालयन रिकै सञ्चालक तथा व्यवसायी साहिल अग्रवाल तथा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख लगानीकर्ता मोतिलाल दुगडले सुप्रवल जनसेवाश्री पदक प्राप्त गरेका छन् ।

आइएमई जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक अम्बिका प्रसाद पौडेलले पनि सुप्रवल जनसेवाश्री पदक प्राप्त गरेका छन् । नेपालको सबैभन्दा ठूलो मानपदवी नेपाल रत्न मरणोपरान्त पुर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई प्रदान गरिएको छ ।

संविधान दिवसको अवसरमा पत्रकारहरु पनि मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित भएका छन् । तारानाथ दाहाल, सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतीक पन्त र हरिबहादुर थापाले सुप्रबल जनसेवाश्रीबाट विभुषित भएका छन् ।

ओम शर्मा, गुणराज लुइटेल र महेश्वर दाहालले कीर्तिमय राष्ट्रद्वीप प्राप्त गरेका छन् । यस्तै, प्रबल जनसेवाश्री पाउने पत्रकार/सञ्चारकर्मी/कार्टुनिष्टहरुमा बद्री सिग्देल, ऋषि धमला, अजयबाबु शिवाकोटी, नेत्रकुमार के।सी।, मुकुन्द दाहाल, दिलभूषण दाहाल, समा थापा, विश्वमणि पोखरेल, कविर राणा, रविन सायमी, रवी मिश्र, अनिता बिन्दु, डा. बालकृष्ण चापागाई, माधव ढुंगाना, प्रकृति अधिकारी, मोहम्मद सदरुल, शालिग्राम सुवेदी, गोविन्द धिताल रहेका छन् ।

जनसेवाश्री पाउने पत्रकार/फोटोपत्रकार/सञ्चारकर्मीहरूमा भरतबन्धु थापा, भुवन शर्मा, दीपक खरेल, गिरिजाप्रसाद अधिकारी, प्रभातकुमार झा, नारायण अमृत, चन्द्रशेखर कार्की, किसन राई, खगेन्द्र अधिकारी, सुनील महर्जन, विष्णु खड्का, रेखा भूसाल, बृजकुमार यादव, आँकाक्षा शाह, नरेन्द्रकुमार साउद, लीला बराल, राममाया भट्टराई, भवानी कार्की, बृजलाल पासवान, डम्बरबहादुर अधिकारी र दीपेन्द्र श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS