IME Life New

पछिल्लो २४ घण्टामा १४ सय संक्रमित थपिए, १६ जनाको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा संक्रमितको संख्या फेरि १ हजार नाघेको छ । आज संक्रमितको संख्या १ हजार ४ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ५ सय ३९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा एक हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Esewa
Crest

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ६५ हजार ३४३ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार २६० जना निको भएर घर फर्किएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ४० हजार ७१७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS