काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) ले स्थायी पदपूर्तिका लागि कर्मचारीको मागगरेको छ । लोकसेवा आयोगमार्फत लिइने परीक्षाका लागि कम्पनीले एक सुचना जारी गर्दै बताएको छ ।
कम्पनीले चार प्रबन्धकसहित विभिन्न १० पदमा , प्रशासन र वित्तमा एकरएक जना तथा इन्जिनियरिङमा दुई जना प्रबन्धकका लागि कर्मचारीको माग गरेको हो । यसैगरी, दुईरदुई जना वरिष्ठ अधिकृत, अधिकृत र वरिष्ठ सहायकका लागि पनि दरखास्त दिन सकिने कम्पनीले जनाएको छ ।
ईच्छुक व्यक्तिले असोज १४ गतेसम्म दरखास्त दिन सक्नेछन् । कम्पनीले योग्य तथा इच्छुक आवेदकलाई आफ्नो वेबसाइटमा गईआवेदन दिन सक्नेछन् ।