IME Life New

धनगढी उपमहानगरपालिकाले डिजिटल नोटिस बोर्ड मार्फत बीमा सम्बन्धी जनचेतनामुलक जानकारी दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धनगढी उपमहानगरपालिकाले आफ्नो डिजिटल नोटिस बोर्डमा बीमा सम्बन्धी जनचेतना मुलक जानकारीहरुलाई डिस्प्ले गर्ने भएको छ । उपमहानगरका मेयर नृप वडले वडा वडामा रहेको डिजिटल नोटिस बोर्डमा बीमा गर्दा हुने फाइदाहरु, उपमहानगर पालिकामा रहेका बीमा कम्पनीहरुको विवरण तथा सम्पर्क ठेगाना, चेतना मुलक जानकारीहरुलाई पनि उल्लेख गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बीमा समितिले आज धनगढी उप महानगरपालिकामा स्थानीय निकाय तथा सरोकारवालाहरु सँग बीमा सम्बन्धी जनचेतनामुलक अन्तर्क्रया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, नेपाल बीमक संघका सचिव तथा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई,  बीमा समितिका उप निर्देशक विरोध भट्ट, सहायक निर्देशक निश्चलराज बानिया, सहायक प्रथम अनुराग पाण्डेको सहभागिता थियो । त्यस्तै उपमहानगर प्रमुख नृप वड, उपमेयर, वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु, बैंक बीमा कम्पनीका शाखा प्रमुखहरु, उद्योगी, व्यापारी, शिक्षक, कृषक लगायतको उपस्थिती थियो ।

Esewa
Crest

मेयर वडले घर बीमाका लागि बीमा समिति सँग समन्वय गरेर आवस्यक नीतिहरु तयार गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीका केन्द्रिय कार्यालयले शाखा कार्यालयलाई दाबी भुक्तानीको लागि अख्तियारी नदिएको भन्दै गुनासो गरे पछि समितिका कार्यकारी निर्देशक पौडेलले कम्पनीहरुले निश्चित अधिकार क्षेत्रीय तथा शाखा स्तरका कार्यालयलाई अख्यारी दिन अनुरोध गरिने प्रतिवद्धता व्यक्त गरे ।

सहभागीहरुले कोरोना बीमाको दाबी भुक्तानी नगरेको भन्दै गुनासो गरे पछि नेपाल बीमक संघका सचिव क्षेत्रीले नेपाल सरकार सँग दाबी भुक्तानीका लागि पहल भैइरहेको हुँदा छिट्टै दाबी भुक्तानी गर्ने प्रतिवद्धता दिए । नेपाल सरकारले आफ्नो दायित्व अन्तर्गतको रकम निकासा नगर्दा बीमा कम्पनीहरुले दाबी भुक्तानी गर्न सकिरहेका छैनन् ।

धनगढी सबैभन्दा धेरै दाबी पर्ने क्षेत्र भित्र पर्छ । यस क्षेत्रमा बीमितको संख्या धेरै भएकाले दाबी भुक्तानी पनि धेरै पर्ने गरेको समितिका उप निर्देशक भट्टले जानकारी दिए । सरकारले कृषि तथा पशुपन्छी बीमाका लागि प्रोत्साहन गरे पनि अझै ५० प्रतिशतले बीमा गर्ने गरेका छैनन् । अझ व्यवसायिक रुपमा कृषि कर्म गर्दै आएकाले समेत बीमा नगरेको पाइएको भट्टले जानकारी दिए ।

कृषकहरुको बीमा प्रति आकर्षण नदेखिएकाले बीमा सम्बन्धी धेरै नै जनचेतनामुलक कार्यक्रमहरु आयोजना गर्नु पर्ने भन्दै सहभागीले सुझाव दिएका थिए । गुराँस लाइफका भट्टराईले जीवन बीमामा दाबीलाई लिएर खासैल समस्या नरहेको भन्दै ढुक्कले बीमा गर्न अनुरोध गरेका छन् । उनले भने ‘विवरण लुकाएको, सहि सूचना नदिएको खण्डमा मात्रै दाबी नपाउने अवस्था रहन्छ अन्यथा जीवन बीमा कम्पनीहरुले दाबी भुक्तानी रोक्दैनन् ।’ यदि बीमा कम्पनीहरुले समयमा दाबी भुक्तानी गरेनन्, दाबी भुक्तानी गर्न आनाकानी गरे भने प्रत्यक्ष रुपमा बीमा समितिलाई आएर जानकारी दिन भट्टले अनुरोध गरेका छन् । कतिपय अवस्थामा बीमितलाई दाबी नपाउदा के गर्ने भन्ने समेत जानकारी नहुने भएकाले यस्ता कार्यक्रम मार्फत बीमितहरुलाई जानकारी गराइएको भट्टले उल्लेख गरे । बीमा समिति तथा कम्पनीका प्रतिनिधिहरुले सहभागी सबैलाई ढुक्क भएर बीमा गर्न अनुरोध गरेका छन् । यदि कम्पनीहरुले दाबी दिएनन् भने नियमनकारी निकाय बीमा समितिले हेर्ने भन्दै समितिले सबैलाई अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS