काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओको विक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केटलाई नियुक्त गरेको छ।
यस सम्बन्धमा उक्त कम्पनी र बीओके क्यापिटल बीच सम्झौता पनि भएको छ। सम्झौतापत्रमा कमपनीका कार्यकारी सञ्चालक सुनिल नारायण श्रेष्ठ र बीओके क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले १०० रुपैयाँ अंकित दरको कुल २० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिका वडा नं१ मा अवस्थित १३ मेगावाट विद्युत उत्पादन गरिरहेको छ