IME Life New

यस साता नेप्सेमा तीन कम्पनीको शेयर सूचिकृत, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्जमा ३ कम्पनीको शेयर सूचिकृत भएको छ । नेप्सेमा सूर्योदय लघुवित्त वित्तीय संस्थाको बोनश शेयर र अपि पावर कम्पनीको हकप्रद शेयर र आरविवि म्युचुअल फण्ड १ को इकाई सूचिकृत भएको हो ।

सूर्योदय लघुवित्तको ३ लाख ३० हजार कित्ता बोनश शेयर सूचिकृत भएको छ । संस्थाको १५ दशमलव ३५ प्रतिशत बोनश शेयर वापतको शेयर नेप्सेमा सूचिकृत भएको हो ।

Esewa
Crest

अपि पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर सूचिकृत भएको छ । कम्पनीको २९ दशमलव ३८ प्रतिशत हकप्रद वापतको उक्त शेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । अपि पावर कम्पनी लिमिटेडले जेठ २० गतेदेखि असार १३ गते, आइतबारसम्म १ बराबर ०ः२९३८ को अनुपातमा प्रतिशेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक कोष प्रबद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलोे बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजना प्रति इकाई नेप्सेमा सुचिकृत भएको छ । फण्डको प्रति इकाई १० रुपैयाँका दरले १२ करोड ५० लाख इकाई अर्थात एक अर्ब २५ करोड रुपैँया नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS