काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४८ दशमलव ४२ अंकले घटेर ३,०७६ दशमलव ४५ को विन्दुमा कायम भएको छ । आज २१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६२ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज जीवन बिकास लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले गुमाएका छन् । जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले ६ दशमलव ०६ प्रतिशतका दरले गुमाएका छन् ।