काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले असार मसान्तसम्म आइपुग्दा १ करोड ८८ लाख रुपैयाँभन्दा बढी घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म १ करोड ४३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको गरेको थियो ।
हाल चुक्तापूँजी १ अर्ब ६० करोड रहेको कम्पनीको जगेडा कोषमा २६ करोड ६६ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
गत वर्ष कम्पनीको विद्युत विक्री आम्दानी ३२ दशमलव ८२ प्रतिशत घटेर १४ करोड ८३ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष विद्युत् विक्रीबाट २२ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको आयोजना खर्च ४६ दशमलव ५९ प्रतिशतले घटेर ३ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।
चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ १८ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ८३ रुपैयाँ ३३ पैसा रहेको छ ।