काठमाडौं । आज शेयर बजार ५५ दशमलव ८९ अंकले घटेर ३,१२५ दशमलव ०१ को विन्दुमा कायम भएको छ । आज ३३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४५ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनी र जीवन विकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले ७ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् । नेको इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५ दशमलव ०६ प्रतिशतका दरले कमाएका छन् ।
आज नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । हाइड्रो इलेक्ट्रिसिटिका लगानीकर्ताले पनि १० प्रतिशतका दरले गुमाएका छन् । आज १० कम्पनीका लगानीकर्ताले १ प्रतिशतका दरले गुमाएका छन् भने ६ कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।