काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १२ अंकले बढेको छ । आज हाइड्रोपावर कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । आज हाइड्रपावर उपसूचक ५ दशमलव ८१ प्रतिशतले बढ्दा सबैभन्दा धेरै अपि पावर कम्पनी, खानिखोला हाइड्रोपावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर कम्पनी, कालिका पावर कम्पनी, अपर तामाकोशी,घलेम्दी हाइड्रोपावर कम्पनी र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज ङादी ग्रुप पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ३८ प्रतिशतका दरले गुमाएका छन् । लक्ष्मी इक्विटी फण्डका इकाइधनीले ४ दशमलव ७५ प्रतिशतका दरले गुमाएका छन् ।