काठमाडौं । आज १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ७९ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५६ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोपावर कम्पनीको ५० करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावर कम्पनीको ४१ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । छिमेक लघुवित्तको ४० करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।