Connect IPS
IME Life

मलंगवा नगरपालिकामा समिति, बीमा गराउन तयार छौ तर दाबी भुक्तानी सजिलै हुनु पर्यो : मेयर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले आज सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा बीमा सम्बन्धी जनचेतना मुलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । समितिले स्थानीय निकाय तथा सरोकारवाला निकायहरु सँग बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम गरेको हो ।

बीमा समितिका निर्देशक दिनेशलाल कर्णको संयोजकत्वमा सहायक निर्देशक प्रदिप गौतम तथा कर्मचारी शिव प्रसाद खनालले कार्यक्रम सम्पन्न गरेका हुन् । कार्यक्रममा मलंगवा नगरपालिकाका मेयर निरसल शाह लगायत निर्वाचित जन प्रतिनिधिको उपस्थिति थियो । निर्देशक कर्णले स्थानीय भाषा मैथिलीमा समेत बीमा सम्बन्धी जानकारी प्रदान गरेका थिए । कर्मचारीहरु गौतम र खनालले पनि बीमा सम्बन्धी जानकारी प्रदान गरेका थिए ।

Prabhu
Crest

कार्यक्रममा स्थानीय स्तरमा रहेका बैंक तथा बीमा कम्पनीका कर्मचारीहरु, शिक्षक, व्यापारी, व्यवसायी, कृषक, अभिकर्ता तथा सर्वसाधारणको उपस्थिति थियो । स्थानीय जन प्रतिनिधिहरुले सबै नागरिकमा बीमाको पहुँच पुर्याउन सरकारले समावेशिताका आधारमा बीमा पोलिसी खरिद गर्ने खालको नीति बनाउनु पर्ने भन्दै माग राखेका छन् । दलित न्यून आय भएका वर्गले बीमा पोलिसी खरिद गर्न नसक्ने भएकाले उनिहरुको पहुँचमा पुग्न सक्ने खालको नीति बनाउनु पर्ने उनिहरुको भनाइ थियो ।

प्रदेश नम्बर दुईमा बीमाको पहुँच सबैभन्दा कम भएकाले यस क्षेत्रमा स्थानीय भाषाबाट जनचेतनामुलक कार्यक्रम गर्नु पर्ने जनप्रतिनिधिहरुको माग रहेको छ । बीमा समितिले यस्तो कार्यक्रम गर्न धेरै ढिला गरेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम गरेर बीमा प्रति सर्वसाधारणलाई आकर्षित गर्नु पर्ने उनिहरुको भनाइ थियो ।

मेयर शाहले यस क्षेत्रमा बीमाको पहुँच ज्यादै कम भएकाले नगरपालिकाको नीति तथा कार्यक्रममा बीमालाई समावेश गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यदि बीमा कम्पनीहरुले समयमा दाबी भुक्तानी गर्ने ग्यारेन्टि गर्छन् भने नगरपालिकाको पहलमा बीमा गराउन आफु तयार भएको बताएका थिए ।

बीमा गराउन जति सजिलो छ दाबी भुक्तानी पाउन कयौ गुणा कठिनाइ भएको भन्दै शाहले आफ्नो तितो अनुभव सुनाएका थिए । उनले भने ‘जुत्ताको पैताला खिएर जान्छ तर बीमा कम्पनीहले दाबी दिदैनन् । आफैले पैसा तिरेर बीमा गर्नु छ तर बीमा कम्पनीहरु हाम्रै पैसामा हुकुम चलाउछन् ।‘

यदि गाउँ गाउँमा बीमाको पहुँच पुर्याउने हो भने सबैभन्दा पहिला दाबी भुक्तानीका लागि बीमा समितले सहजिकरण गरदिनु पर्ने उनिहरुको माग रहेको छ ।

कार्यक्रममा उपस्थित एक कृषकले कृषि बीमाको दाबी भुक्तानीका लागि निवेदन दिएको दुई वर्ष वितिसक्दा पनि दाबी पाउन नसकेको भन्दै दुखेसो पोखेका थिए ।

स्थानीय स्थरमा रहेका अधिकाम्स बीमा कम्पनीका कर्मचारीहरुले जनशक्ति कम भएको भन्दै गुनासो गरेका छन् । एउटा शाखामा दुई जना मात्रै हुने भएकाले पोलिसी खोज्न हिड्ने कि कार्यलाय खोलेर बस्ने भन्ने खालको समस्या सिर्जना भएको उनिहरुको भनाइ थियो । त्यसमा पनि स्थानीय स्तरका शाखा कार्यालयमा काम गर्ने कर्मचारीलाई आवस्यक तालिम नपाएको भन्दै गुनासो गरेका छन् ।

कतिपय व्यक्तिहरुले स्थानीय स्तरका शाखा कार्यालयलाई पनि केहि अधिकार दिनु पर्ने भन्दै जोडदार माग गरेका छन् । दाबी भुक्तानी पाउन, कर्जा पाउनका लागि पनि सम्बन्धित शाखा कार्यालयलाई नै अधिकार प्रत्यायोजन गर्नु पर्ने माग राखेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS