IME Life New

यूनियन लाइफको आइपीओ नेप्सेमा सुचिकृत, कतिमा होला पहिलो कारोबार ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौँ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपीओ दोस्रो बजारमा सुचिकृत भएको छ । आइपीओ सुचिकृतका लागि आज नेप्सेसँग कम्पनीले सम्झौता गरेको छ । सम्झौतापत्रमा कमपनीका प्रमुख कार्यकारी अधिकृत मजोज कुमार लाल कर्ण र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

कम्पनकिो आइपीओ शेयरधनीहरुको हितग्राही खातामा जम्मा भइसकेको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि ULI सिम्बोल पाएको छ ।

Crest

कम्पनीको आइपीओले न्युनतम प्रतिकित्ता ११५ रुपैयाँ १३ पैसा र अधिकतम ३४५ रुपैयाँ ३९ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । यूनियन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष ७६र७७को अपरिष्कृत वित्तीय विवरण भएकोले आर्थिक वर्ष ७५/७६ को किताबी मूल्य ११५ रुपैयाँ १३ पैसाको आधारमा रेञ्ज तय हुने सम्भावना छ ।

यदि आर्थिक वर्ष ७६/७७ को लेखापरिक्षण गरिएको वित्तीय विवरण थियो भने १४८ दशमलव ४६ को आधारमा रेञ्ज (१४८.४६ देखि ४४५.३८) तय हुने थियो तर आर्थिक वर्ष ७६/७७ को व्यवस्थापनबाट प्रमाणित अपरिस्कृत वित्तीय विवरण हो।

पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । स्पेसल प्री ओपनिङ सेसनमा सो रेञ्ज भित्र कारोवार हुनु पर्छ।

कम्पनीले असार २४ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो। जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको थियो । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

ग्रोलाप्रथाबाट वितरण गर्दा ५ लाख ८० हजार ५ सय जनाले १० कित्ता शेयर हात पारेका थिए । बाँकी १५ लाख ३२ हजार २ सय ९९ आवेदकको भने हात खाली भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS