काठमाडौं । सुपरमाई हाइड्रोपावर पब्लिक लिमिटेडले भदौ ५ गते आफ्नो सातौँ वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले आफ्नै रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने जनाएको छ ।
कम्पनीको साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ११ दशमलव ५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी कम्पनीले सभामा सार्वजनिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पशे गर्दैछ । त्यस्तै, सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत पेश हुनेछ ।