काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ३० अंकले बढेर ३,०९४ दशमलव ९५ को विन्दुमा कायम भएको छ । आज ७३ वटा कम्पनकिो शेयर मुल्य घटेको छ भने १०९ वटा कम्पनकिो शेयर मुल्य बढेको छ ।
आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंक, मल्टिपर्पस फाइनान्स र चन्द्रागिरी हिल्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सोल्टी होटल्सका लगानीकर्ताले ८ प्रतिशतभन्दा बढीको दरले कमाएका छन् ।
त्यस्तै, आज सबैभन्दा धेरै पञ्चकन्या माइ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ०७ प्रतिशतका दरले गुमाएका छन् ।