काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर(प्यान) रुजु गर्न आग्रह गरेको छ । लगानीकर्ताले स्थायी लेखा नम्बरमा पूँजीगत लाभकर जम्मा नभएको गुनासो गरेपछि नेप्सेले लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर रुजु गर्न आग्रह गरेको हो ।
फरक-फरक प्यान प्रविष्टि गर्दा आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा अपलोड हुन नसकेको कारण समस्या आएकाले ब्रोकर र लगानीकर्ता स्वयंलाई स्थायी लेखा नम्बर रुजू गर्न आग्ह गरेको नेप्सेले जनाएको छ ।