IME Life New

नेपाल उद्योग परिसंघमा ७ जना उपाध्यक्ष चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग परिसंघको विधान अनुसार ७ जना उपाध्यक्ष चयन भएका छन् । परिसंघको गभर्निङ काउन्सिलले उनीहरूलाई उपाध्यक्ष चयन गरेको हो।

परिसंघको अनुसार उपाध्यक्ष चयन निर्वाण चौधरी (सिजी इलेक्ट्रोनिक्स), कृष्णप्रसाद अधिकारी (चितवन उद्योग संघ), राजेशकुमार अग्रवाल (राजेश मेटल क्राफ्ट), वीरेन्द्रराज पाण्डे (नेपाल आदर्श निर्माण कम्पनी), राजबहादुर शाह (राज ब्रुअरी), हेमराज ढकाल (चन्द्रागिरि हिल्स) र रोहित गुप्ता (लक्की नेपाल) परिसंघको उपाध्यक्ष चयन भएका हुन् ।

Esewa
Crest

परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले उपाध्यक्षहरूको घोषणा गरेका हुन् । परिसंघको विधान अनुसार संस्थापक समूह, प्रतिष्ठानगत समूह र संस्थागत सूमहबाट उहाँहरू उपाध्यक्ष भएका छन् ।

परिसंघको विधानमा भएको व्यवस्था अनुसार राष्ट्रिय परिषदका सदस्यहरू मध्येबाट उपाध्यक्षहरू चयन भएको हो । उनीहरूको सपथ ग्रहण हिजो नै सम्पन्न भएको छ।

कार्यक्रममा परिसंघका अध्यक्ष एमिरेट्स चौधरीले परिसंघलाई निजी क्षेत्रको अग्रणि संस्थाको रूपमा उभ्याउने गरी काम गर्न नवनिर्विचत पदाधिकारीहरूलाई शुभकामना दिए। उनले हरेक विषयमा गृहकार्य गरेर अघि बढ्नुपर्ने भन्दै नीति निर्माणमा परिसंघले सकारात्मक हस्तक्षेप अघि बढाउनुपर्ने उल्लेख गरे ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघका गतिविधि मुलुकमा औद्योगिकरणका निम्ति केन्द्रित हुने बताए । औद्योगिकरण विना मुलुकको दीगो विकास असंभव रहेको भन्दै उहाँले त्यसमा परिसंघले अब्बल भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

यसैगरी परिसंघका निवर्तमान् अध्यक्ष सतिशकुमार मोरले परिसंघका सुझावहरू नीति निर्माणका क्रममा गम्भीरताका साथ लिन थालिएको भन्दै चालु आर्थिक वर्षको बजेटमा समेत महत्त्वपूर्ण सुझाव समावेश भएको उल्लेख गरे । उनले ह्विलिङ चार्ज तिरेर विद्युत उत्पादकबाट उद्योगले विद्युत खरिद गर्न सक्ने तथा ुमेक इन नेपाल स्वदेशी – अभियानु बजेटमा समावेश हुनु उल्लेखनीय उपलब्धि भएको बताए ।

परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले परिसंघले जहिले पनि उद्योगीको सामूहिक हितलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गर्नुभयो। उहाँले नयाँ नेतृत्वले पनि त्यसैलाई आत्मसात गरी राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिल र राष्ट्रिय परिषदका सदस्यहरूको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS