IME Life New

अब देखि व्यतित बीमालेखमा एक पटक मात्र ब्याज छुट पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। व्यतित बीमालेखको पूनर्जागरणमा बीमितले एक पटक मात्र ब्याज छुट पाउने व्यवस्था लागू भएको  छ। ‘जीवन बीमालेख निर्देशिका २०७८’ मा नियामक निकाय बीमा समितिले व्यतित बीमालेखको पूनर्जागरणको सम्बन्धमा यस्तो व्यवस्था गरेको हो।
निर्देशिकाको परिच्छेद २ को दफा ११ मा दुई वर्ष अगाडीदेखि व्यतित(ल्याप्स) रहेको बीमालेखको पूनर्जागरणमा मात्र ब्याज छुट दिन सकिने उल्लेख छ। ब्याज छुटको लागि बीमा समितिबाट पूर्व स्वीकृति लिनु नपर्ने तर ब्याज छुटको लागि बीमकको संचालक समितिबाट स्वीकृति लिएर बीमा समितिमा जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ। यसअघि बीमा समितिबाट स्वीकृति प्राप्त भएपछि मात्र ब्याज छुटको घोषणा गर्न सकिने प्रावधान रहेको थियो।
जीवन बीमालेखको नविकरण बीमाशुल्क तिर्नुपर्ने मितिबाट छ महिना नाघेको अवस्थामा बीमालेख व्यतित भएको मानिन्छ। यस्तो बीमालेखको हकमा बीमितले बीमा अवधिभित्र जुनसुकै बेला तिर्न बाँकी रहेको सम्पूर्ण बीमाशुल्क र ब्याज (जरिवाना) भुक्तानी गरेर बीमालेख पूनर्जागरण अर्थात् नविकरण गर्न सक्छन्।
व्यतित बीमालेखको संख्या उच्च भएको हुँदा सबै बीमकले पूनर्जागरण गर्न बीमितलाई प्रेरित गर्ने उद्देश्यले ब्याज छुटको योजना समय समयमा सार्वजनिक गर्दै आएका छन्। व्यतित बीमालेखको समयावधिको आधारमा २५ देखि १०० प्रतिशत सम्म ब्याज छुटको सुविधा उपलब्ध  हुन्छ।
पूनर्जागरणबाट बीमितलाई फाइदा:
राम्रो बोनश दर भएको जीवन बीमा कम्पनीबाट खरित गरिएको जीवन बीमालेखको पूनर्जागरण गराउँदा बीमितलाई तत्काल आर्थिक लाभ हुनसक्छ। पूनर्जागरणपछि व्यतित अवधिको समेत बोनश रकम बीमितको बीमालेख खातामा जम्मा हुने भएको हुँदा छुट बाहेकको ब्याजवापत तिर्नुपर्ने रकमको तुलनामा बोनश रकम बढी हुनसक्छ। पूनर्जागरण पछि प्राप्त हुने पुरानो  बोनश रकम र आफूले तिर्नुपर्ने ब्याज रकमको अन्तर गणना गरेर नाफा घाटाको हिसाब निकाल्न सकिन्छ।
पूनर्जागरण गर्दा हुने सबैभन्दा महत्वपूर्ण फाइदा भनेको बीमालेख अन्तर्गतको सम्पूर्ण सुविधा हो। बीमालेख पूनर्जागरण पछि यस अन्तर्गतको सम्पूर्ण सुविधा र शर्त सकृय हुन्छ। त्यसैले कुनै शर्त अन्तर्गतको कुनै घटना भइ हालेको अवस्थामा शर्त अनुसारको सम्पूर्ण रकम र सुविधा बीमित वा ईच्छ्याइएको व्यक्तिले प्राप्त गर्नेछन्।
अभिकर्ता र बीमकले बीमितको आवश्यकता, आर्थिक अवस्था, भविष्यको बचत क्षमतालाई बिल्कुलै नजर अन्दाज गरेर जबरजस्ती जीवन बीमा गरिदिने प्रवृत्ति हावी हुँदा नेपालमा व्यतित बीमालेखको अनुपात उच्च छ। अर्को तर्फ बीमितलाई जीवन बीमा योजनाको विशेषताबारे झूठो वा अपर्याप्त जानकारी दिएर बीमालेख खरिद गर्न लगाउने प्रवृतिले पनि बीमालेख व्यतित बनाउन मलजल गरिरहेको छ।
अभिकर्ताले बीमालेख बिक्री गर्न जति मिहिनेत गरेपनि नियमित रुपमा नविकरण बीमाशुल्क भुक्तानी गराउनको लागि बेवास्ता गर्ने हुँदा अपर्याप्त जानकारीको अभावमा समेत बीमितले बीमाशुल्क तिर्न सकेका हुँदैनन् । र, बीमालेख व्यतित हुन्छ। यस सम्बन्धमा बीमा समितिले अभिकर्ताले प्राप्त गर्ने हालको कमिशन रकमको व्यवस्थामा परिवर्तन गर्न सक्ने सम्भावना रहेको छ। अहिले १९ वर्षसम्मको सावधिक जीवन बीमा‌ योजनामा पहिलो वर्ष २५ प्रतिशत, दोश्रो वर्ष १५ प्रतिशत र तेश्रो वर्ष देखि दशौं वर्ष सम्म ५ प्रतिशत कमिशनको प्रावधान छ। त्यसैगरी एकल बीमाशुल्क बीमा योजनामा ६ देखि १० प्रतिशतसम्म कमिशनको व्यवस्था छ। बीमितले भुक्तानी गर्ने बीमाशुल्क रकममा कमिशन रकम निर्धारण गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS