काठमाडौ । इसेवा र फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूबीच सम्झौता भएको छ । फुडमाण्डूले इसेवाबाट भुक्तानी गर्ने ग्राहकलाई २० प्रतिशतसम्म वा तीन सयसम्मको छुट प्रदान गर्ने भएको जनाउको छ ।
कोरोना महामारीमा मानिसहरुले घरबाटै अर्डर गरी अनलाइन पेमेन्ट गर्र्र्नेको सख्या ३० प्रतिशत भन्दा माथि रहेको छ । अहिले ठुलो सञ्जाल भएको इसेवासँग गरिएको उक्त सम्झौताले पछि अझ अनलाइन भुक्तानी गर्ने ग्राहक बढ्ने फुडमाण्डूले विश्वास लिएको छ ।