काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार नेप्से परिसूचक ५४ दशमलव ३१ अंकले बढेर ३,०५८ दशमलव ६४ को विन्दुमा कायम भएको छ । आज ४० वटा कम्पनीको शेयर मुल्य घटेको छ भने १३६ वटा कम्पनीको शेयर मुल्य बढेको छ ।
आज सबैभन्दा धेरै विशाल बजार कम्पनी, नाङदी ग्रुप, सपोर्ट माइक्रोफाइनान्स, राद्यी विद्युत कम्पनी, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी, कालिका पावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, यूनिभर्सल पावर कम्पनी र हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन् ।
त्यसैगरी आज सबैभन्दा धेरै लक्ष्मी उन्नती कोषका इकाईधनीले गुमाएका छन् । कोषका इकाईधनीले ३ दशमलव ९५ प्रतिशतका दरले गुमाएका छन् । कुमारी इक्विटी फण्डका इकाईधनीले ३ दशमलव ७० प्रतिशतका दरले गुमाएका छन् ।