काठमाडौं । आज शेयर बजार ९७ दशमलव २१ अंकले बढ्दा पाँच कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ ।आज सबै उपसूचक बढेका छन् । आज १७४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ८ वटा कम्पनीको मात्र शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै समृद्धि फाइनान्स कम्पनी, सिन्धु विकास बैंक, ङादी ग्रुप,हिमालयन पावर पार्टनर, सिङगटी हाइड्रोपावर, कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतितशका दरले कमाएका छन् ।
शेयर बजार भारी अंकले बढ्दा एनआइबिएल समृद्धि फण्ड २ का इकाईधनीले ५ दशमलव ३७ प्रतिशतका दरले गुमाएका छन् ।