Connect IPS
IME Life

नर्भिकको आइपिओ निष्काशन गर्नको लागि युनाइटेड फाइनान्सका अजय मिश्र सिइओमा नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साविक युनाइटेड फाइनान्सका सिइओ अजय मिश्र नर्भिक इन्टरनेसल हस्पिटलको आइपिओ निष्काशन गर्ने प्रयोजनका लागि प्रमुख कार्यकारी अधिकृत भएका छन् । चौधरी ग्रुपको लगानी रहेको नर्भिकले आफ्नो लगानीलाई दोस्रो बजारमा सूचिकृत गरेर भ्यालु बढाउन प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरेको छ ।

यसका लागि हस्पिटलले गत साता प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण गरेको थियो । कम्पनी रजिष्ट्रारमा नाम परिवर्तन गर्दै ‘नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेड’ बनाइएको छ । पब्लिक कम्पनीमा रूपान्तरण भएसँगै नर्भिकले केहि समयमै सर्वसाधारणका लागि साधारण सेयरको प्राथमिक (आइपिओ) निष्कासन गर्ने तयारी गरेको छ । यहि कामका लागि मिश्रलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।

Prabhu
Crest

यदि निर्भिकले प्राथमिक शेयर निष्काशन गर्न सफल भयो भने दोस्रो बजारमा पहिलो पटक हस्पिलक्षेत्रबाट कम्पनी सूचिकृत हुनेछ । साथै अर्को एक उपसूचक थपिनेछ । हस्पिटलको अध्यक्षमा बसन्त कुमार चौधरी रहेका छन् । उनि युनाइटेडका पनि अध्यक्ष थिए । नविल बैंक सँग मर्ज भए सँगै चौधरीले मिश्रलाई आफ्नै हस्पिटलको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेका हुन् ।

कम्पनीले सर्वसाधारणका लागि आधार मूल्य वा प्रिमियममा शेयर जारी गर्न सक्नेछ । यदि प्रिमियममा शेयर जारी गर्नु परेमा बुक विल्डिङ विधिबाट पनि शेयर जारी गर्न सक्ने व्यवस्था रहेको छ । सिधै प्रिमियम वा बुक विल्डिङ विधि मध्ये जुनबाट प्राथमिक शेयर निष्काशन गर्दा फाइदा हुन्छ त्यहि विधिलाई कम्पनीले अवलम्बन गर्न सक्ने छन् ।

हस्पिटल सन् १९९३ बाट सञ्चालनमा आएको थियो । दुई वर्ष अगाडि हस्पिटलको थप स्तरोउन्नतीको काम सुरु गरिएको थियो । सन् २०२२ मा स्तरोन्नतीको काम सम्पन्न गर्दै २५० शैयाको हस्पिटल बनाउने लक्ष्य लिइएको थियो । यसका लागि थप दुई अर्ब लगानी गर्ने गरि काम अगाडि बढाइएकोमा लगभग अधिकाम्स काम सम्पन्न भैसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS