IME Life New

केसीएल अस्ट्यूट क्यापिटलको एजिएम साउन ८ गते, के के छन् प्रस्ताव ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केसीएल अस्ट्यूट क्यापिटलको दोस्रो वार्षिक साधारण सभा साउन ८ गते हुने भएको छ । कम्पनीले आफ्नै केन्द्रिय कार्यालय हात्तिसार, काठमाडौंमा दिउँसो १ बजे सभा गर्ने जनाएको छ ।

कम्पनीले सभा विद्युतिय माध्यमबाट गर्ने जानकारी दिएको छ । कम्पनीको असार २३ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

सभाको प्रस्तावमा यस कम्पनी र गरिमा विकास बैंकबीच गरिमा विकास बैंकद्वारा यस क्यापिटलको शेयर लगानी स्वामित्व खरीद गर्ने सम्बन्धी भएको सम्झौता पारित गर्ने, कम्पनीको अधिकृत तथा जारीपूँजी वृद्धि गर्ने, गरिमा विकास बैंकसँग भएको सम्झौता अनुसार १२ लाख २९ हजार कित्ता शेयर गरिमा विकास बैंकलाई जारी गर्ने प्रस्ताव पेश हुनेछ ।

त्यस्तै, सभामा सो बमोजिम आवश्यक व्यवस्था गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ । सभामा कम्पनीको प्रवन्धपत्र तथा नियमावीमा संशोधन गर्ने, कम्पनीको नाम गरिमा क्यापिटल लिमिटेड कायम गर्ने र सो बमोजिम आवश्यक व्यवस्था गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS