काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आईपीओ निष्काशन गर्न गत असार २३ गते अनुमति पाएको हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्काशन गर्नका लागि बोर्डबाट अनुमति पाएको हो । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर विक्री गरेको थियो । बाँकी २० प्रतिशत सर्वसाधारण लागि विक्री गर्न लागिएको हो ।