काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ९७ अंकले घटेर २,८९१ दशमलव १३ अंकको विन्दुमा कायम भएको छ । आज ५४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ११६ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज विकास बैंक र माइक्रोफाइनान्स कम्पनी बाहेक सबै उपसूचक घटेका छन् ।
आज दिनभरिमा २२२ वटा कम्पनीको १ करोड १६ लाख ६४ हजार २०७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै छिमेक लघुवित्तको ४३ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भउको छ । अपर तामाकोशीको २६ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टिलरीको २३ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज सिभिल लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले २ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । साधाना लघुवित्तका लगानकिर्ताले २ दशमलव ५९ प्रतिशतका दरले कमाएका छन् ।
अपर तामाकोशीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीकका लगानीकर्ताले ५ दशमलव ४५ प्रतिशतका दरले गुमाएका छन् । यूनाइटेड इर्दी मर्दीका लगानीकर्ताले ५ दशमलव १९ प्रतिशतका दरले गुमाएका छन् ।