Connect IPS
IME Life

स्थानिय तह सँग बीमा समिति :  कृषि बीमाको अनुदान थप गर्न पाँचखाल नगरबासीको अनुरोध

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समिति तथा पाँचखाल नगरपालिका बिच बीमा सम्बन्धी समसामयिक विषयमा अन्तर्क्रिय कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख महेश खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ८० जना भन्दा धेरैको सहभागिता थियो ।

कोभिड १९ को संक्रमण तथा रोकथामलाई मध्यजनर स्वास्थ्य मापदण्डको पालना तथा सामाजिक दुरी कायम गरेर कार्यक्रम सञ्चालन गरिएको बीमा समितिकी निर्देशक पुजन ढुङ्गेलले जानकारी दिइन् । कार्यक्रमा बीमा समितिको तर्फबाट निर्देशक पुजन ढुङ्गेल अधिकारी, उप निर्देशक पुनम ज्ञवाली श्रेष्ठ र सहायक निर्देशक सम्भु प्रसाद मिश्रको उपस्थति थियो । मिश्रले कार्यक्रमको उद्घोषण गरेका थिए ।

Prabhu
Crest

कार्यक्रममा मेयर खरेलले सम्पुर्ण नगरबासीलाई आफ्नो फजुल खर्चलाई कटौती गरेर बीमा गर्न अनुरोध गरेका थिए । उनले बीमा सम्बन्धी जनचेतना प्रवर्द्धनका लागि भोलिका दिनमा पनि बीमा समिति सँग समन्वय गरेर नगरपालिका अगाडि बढ्ने धारणा राखेका थिए ।

निर्देशक ढुङ्गेलले बीमा सम्बन्धी विषयमा प्रतिस्तुतीकरण दिएको थिइन । उनले जीवन बीमा, सम्पत्ती बीमा, लघु बीमा गर्दा कर छुट पाइने व्यवस्था, सरकारले दिने अनुदानको विषयमा जानकारी दिइन् । सम्पत्तीको बीमा गर्दा कर छुट पाइने विषयलाई लिएर सहभागीले बीमा समितिलाई प्रश्न गरेका थिए । आगामी आर्थिक वर्षको बजेटले सम्पत्तीको बीमा गर्दा आयकर गणनामा ५ हजार रुपैयाँसम्मको छुट हुने व्यवस्था गरेको छ । मेयर खरेलले सरकारको यस्तो व्यवस्थाले घर सम्पत्तीको बीमा गर्न प्रोत्साहित गर्ने बताए । केहि समय अगाडि सिन्धुपाल्चोकमा बाढीका कारण सयौ घरहरु क्षति भएका थिए । यदि बीमा गर्ने हो भने यसरी हुने क्षेतिलाई बीमाले कभर गर्ने भनेर जानकारी गराइएको ढुङ्गेलले बताइन ।

सहभागिले कृषि बीमाका प्रिमियममा दिइएको सहुलियतलाई किन घटाइएको भन्दै बीमा समिति सँग प्रश्न गरेका थिए । उनिहरुले कृषकका लागि दिइएको यस्तो सहुलियतलाई निरन्तरता दिन आग्रह गरेका थिए । पाँचखाल नगरपालिका तरकारी उत्पादनका लागि प्रसिद्ध मानिन्छ । काठमाडौंमा सबैभन्दा धेरै तरकारी आउने स्थानहरु मध्ये पाँचखाल पनि एक हो । त्यसैले गर्दा यो क्षेत्रमा कृषि तथा पशुपन्छी बीमा गर्ने संख्या धेरै छ ।

कतिपय सहभागीले कोरोना बीमाको दाबी भुक्तानी कहिले पाइन्छ भन्नै समितिलाई प्रश्न गरेका थिए । त्यस्तै केहि सहभागिले कृषि बीमाको दाबी भुक्तानीको विषयलाई लिएर पनि गुनासो व्यक्त गरेको बीमा समितिले जनाएको छ । बीमा समितिले पाँचखाल नगरपालिकालाई आफ्नो सेवाहरु सँग बीमालाई टाइअप गर्न अनुरोध गरेको छ ।

बीमा समितिले बीमाको विषयमा प्रवर्द्धनात्मक कार्यक्रमहरु आयोजना गरिरहेको छ । स्थानिय तह सँग बीमा समिति भन्दै स्थानीय तहका निर्वाचित प्रतिनिधिहरुलाई बोलाएरै कार्यक्रम गरिरहेको छ । समितिले यस वर्ष १०० वटा भन्दा धेरै स्थानीय तहमा पुगेर यस्ता कार्यक्रम आयोजना गर्ने छ । स्थानिय तहका जनप्रतिनिधि तथा सर्वसाधारण सँग प्रत्यक्ष छलफल तथा अन्तर्क्रिया गर्ने क्रममा उनिहरुबाट आएका सुझावलाई हेरेर समितिले भोलिका दिनमा आवस्यक नीति नियम बनाउने योजना बनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS