काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव २४ अंकले घटेर २,८१८ दशमलव ११ को विन्दुमा कायम भएको छ । आज ५८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १०६ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव ३१ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन इनर्जी कम्पनीका लगानीकर्ताले ५ दशमलव २१ प्रतिशतका दरले कमाएका छन् । सिभिल लघुवित्तका लगानीकर्ताले ३ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, आज सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटिका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ५३ प्रतिशतका दरले गुमाएका छन् । अपर तामाकोशीका लगानकिर्ताले ५ दशमलव ०४ प्रतिशतका दरले गुमाएका छन् ।