काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ८ दशमलव ४८ अंकले घटेर २,८३४ दशमलव ५२ को विन्दुका कायम भएको छ । आज ४१ जटा कम्पनीको शेयर मुल्य बढेको छ भने १३८ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै गुडविल फाइनान्स कम्पनी डिवेञ्चर इकाईधनीले कमाएका छन् । कम्पनीका इकाईधनीले १० प्रतिशतका दरले कमाएका छन् । ओरिएण्टल होटल्स कम्पनीका लगानीकर्ताले ८ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् । सिइडिबी हाइड्रोपावर कम्पनकिा लगानीकर्ताले ७ दशमलव २५ प्रतिशतका दरले कमाएका छन् । नेपाल फाइनान्स कम्पनकिा लगानीकर्ताले ४ दशमलव ०३ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंक २०८५ डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले ५ दशमलव ३८ प्रतिशतका दरले गुमाएका छन् ।