काठमाडौं । आज ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ३० करोड ७२ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ६ रुपैयाँले बढेर १६ सय ५० रुपैयामा कायम भएको छ । ज्योति विकास बैंकको १८ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । मेगा बैंकको १८ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, बुटवल पावर कम्पनीको १६ करोड ६९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीकिो १६ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको १२ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल इन्स्योरेन्स कम्पनीको १२ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।