काठमाडौं । नेप्सेमा राधी विद्युत कम्पनीको ३६ दशमलव ५ प्रतिशत बोनश शेयरपछिको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको शेयर मुल्य समायोजनपछिको ८ सय २१ रुपैयाँ मुल्य कायम भएको छ ।
कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य १ हजार १ सय २० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । यहि मूल्यलाई आधार मानेर कम्पनीको शेयर कारोबार खुल्नेछ ।
कम्पनीको वार्षिक साधारण सभा असार २९ गते हुँदैछ । सभाले संचालक समितिको बैठकले गरेको निर्णयानुसार आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको ३६ दशमलव ५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।