काठमाडौं । राधी विद्यत कम्पनीकोे ३६ दशमलव ५० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रस्तावित बोनश शेयर पारित गर्नका लागि असार २९ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले भोलिदेखि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।
कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्नेछ । सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांश वितरण र हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले बोनस पश्चात कायम चुक्ता पूँजीको आधारमा १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्ताव पनि गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ४७ करोड ३५ लाख ५६ हजार रुपैयाँ रहेको छ ।