काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज २ सयले बढेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजाबी सुनको भाउ २ सयले बढेर ९० हजार २ सय रुपैयाँ प्रतितोला रहेको छ । आज चाँदीको भाउ पनि ५ रूपैयाँले बढेर १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।