काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घन्टामा १२ हजार २ सय ४ पीसीआर तथा ४ हजार ७ सय ९ एन्टिजेन परीक्षण भएको छ।
मंगलबार देशभर ४१ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ८ सय १३ पुगेको छ। त्यस्तै गत २४ घन्टामा ४ हजार ९ सय ५४ जना संक्रमित डिस्चार्ज भएका छन्।