IME Life New

नेपाल धितोपत्र बोर्डको इमेल ह्याक गरेर अध्यक्ष ढुङ्गाना विरुद्ध सिआइबीमा उजुरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डको इमेल ह्याक भएको छ । बोर्डको इमेल ह्याक गरेर बोर्डकै अध्यक्ष विरुद्ध सिआइबीमा उजुरी परेको छ । उक्त इमेलमा आफु बोर्डको कर्मचारी रहेको र अध्यक्षले ठुलो चलखेल गरेको भनिएको छ ।

बोर्डले मंगलबार एउटा प्रेश विज्ञप्ती जारी गर्दै धितोपत्र कारोबार गर्दा जोखिम मूल्यांकन गर्न लगानीकर्तालाई ध्यानकर्षण गरिएको थियो । बोर्डले पछिल्लो एक वर्षमा ‍३०० प्रतिशत भन्दा धेरैले मूल्य बढेका ५१ कम्पनीको सूचि सार्वजनिक गरेको छ । उक्त कम्पनीमा सर्वाधिक उछाल आइरहेको र त्यस्ता कम्पनीमा लगानी गर्दा होस पुर्याउन अनुरोध गरिएको हो ।

Esewa
Crest

यहि विज्ञप्त्ती सार्वजनिक गर्नु अगाडि बोर्डका अध्यक्ष भिष्म राज ढुङ्गानाले ठुला लगानीकर्ता सँग करोडौ रुपैयाँ असुल गरेको भन्दै इमेल मार्फत उजुरी गरिएको छ । बोर्डकै इमेलबाट बोर्डकै विरुद्धमा उजुरी परे पछि सिआइबीले बोर्डमा फोन गरेको थियो ।

सिआइबीको फोन पछि इमेल चेक गर्दा इमेल ह्याक भएको पाइएको बोर्डले जनाएको छ । ह्याक भएको इमेल अहिले रिकभर भैसकेको बोर्डले जनाएको छ । बोर्डको हिजोको कदमलाई लिएर चर्को विरोध भैरहेको छ । यहि क्रममा केहि आक्रोसित लगानीकर्ताले यस्तो गरेको हुन सक्ने बोर्डको अनुमान छ ।

लगानीकर्ताका संघ संघठनले बोर्डलाई यस्तो कदमबाट पछाडि हट्न दवाव दिदै आएका छन् । नियामक निकाय धितोपत्र बोर्डले नियम अनुसार सूचिकृत भएका कम्पनीमा लगानी गर्न जोखिम रहेको भन्न नहुने उनिहरुको तर्क छ । कतिपय लगानीकर्ताले सरकारी लगानीकै कतिपय कम्पनी प्रति बोर्डले संका गर्ने बाटो खोलिदिएको भन्दै आरोप लगाएका छन् । सरकारी स्वामित्व भएका नेपाल पुनर्बीमा कम्पनी, एचआइडिसिएल, नागरिक लगानीकोष, अपर तामाकोशी, नेपाल इन्फ्राष्ट्रक्चर बैंक, विशाल बजार, साल्ट ट्रेडिङ जस्ता कम्पनीमै लगानी गर्न जोखिम रहेको भन्नुले सरकार प्रति नै बोर्डले अविस्वास गर्ने वातावरण शिर्जना गरिदिएको उनिहरुको तर्क छ ।

बोर्डको यो कदमले भर्खरै शेयर खरिद गरेका लगानीकर्ता फसाउने काम भएको अर्का थरी लगानीकर्ताको आरोप छ । तर बोर्डका अनुसार कर्नरिङ गरेर इन्साइड ट्रेडिङ गरेर केहि व्यक्तिले कामाउने तर साना साना लगानीकर्ता फसिरहने भएकाले यस्तो कदम लिनु परेको हो । बोर्डको यस्तो कदमले थप नयाँ लगानीकर्तालाई सजग बनाउने उनिहरुको तर्क छ ।

कतिपय बजार विश्लेषकहरुले भने बोर्डले कम्पनीको नामै किटेर सार्वजनिक गर्नु भन्दा पहिला अहिले अध्ययन गरेका सूचकलाई सार्वजनिक गर्नु पर्ने धारणा राखेका छन् । यसो गर्दा अमुक कम्पनीको अवस्था स्वयं लगानी कर्ताले नै मूल्याङ्कन गर्ने र सजग हुने उनिहरुको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS