IME Life New

नेप्सेमा ४२ अंकले बढ्दा झण्डै १९ अर्ब शेयर कारोबार, अरुण भ्यालीको सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको दोस्रो कारोबारको दिन (सोमबार) नेप्से परिसूचक ४२ दशमलव ७२ अंकले बढ्दा ३०२५ दशमलव ८३ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २ सय २१ वटा कम्पनीको ३ करोड ५० लाख २७ हजार ३ सय ६३ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ८८ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

Esewa
Crest

अरुण भ्याली हाईड्रो पावरको ६२ करोड ५९ लाख रुपैयाँ माथिको कारोबारको सर्वाधिक शेयर कारोबार भएको छ । त्यस्तै, अपी पावर कम्पनीको ५४ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज १२ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ। नेपाल इन्स्योरेन्स, खानी खोला हाईड्रोपावर, जोशी हाईड्रोपावर, घलेम्दी हाईड्रोपवारको शेयर १० प्रतिशतले बढेको छ भने डाङी गुप्र पावरको शेयर ९ दशमदव ९८ प्रतिशतले बढेको छ ।

माउन्टेन हाईड्रो नेपालको शेयर ५ दशमलव ०१ प्रतिशतले घटेको छ। भने सर्वाधिक कारोबार भएको अरुणल काबेली हाईड्रोपावरको शेयर ४ दशमलव ७० प्रतिशतले घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS