IME Life New

धितोपत्र बोर्डले सर्कुलर ट्रेडिङको अध्ययन गर्दै, लगानीकर्तालाई संयमित हुन अनुरोध

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय दोश्रो बजारमा  कारोबार बृद्धिसँगै शेयर कर्नरिङ्ग, सर्कुलर ट्रेडिङ्ग भएका गुनासाहरु  प्राप्त भए पछि नेपाल धितोपत्र बोर्डले अध्ययन शुरु गरेको छ । यस्तो अध्ययन सम्पन्न हुन केही समय लाग्ने बोर्डले जनाएको छ ।

उपर्युक्त परिप्रेक्षमा धितोपत्र सम्बन्धी ऐन, २०६३ ले बर्जित गरेका क्रियाकलापमा संलग्न नहुन सबैलाई सजग गराउँदै सम्पूर्ण लगानीकर्तालाई देशको विद्यमान आर्थिक परिदृष्य, सूचीकृत संगठित संस्थाहरूको वित्तीय कार्यसम्पादनको आधारभूत विश्लेषण (प्रति शेयर आम्दानी, प्रति शेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, किताबी मूल्यमा बजार मूल्यको अनुपात आदिको विश्लेषण), परिसूचक तथा कम्पनीको बजार मूल्यसम्बन्धी प्राविधिक विश्लेषण, संस्थागत सुशासनको अवस्था समेतलाई मूल्यांकन गरी लगानी गर्न अनुरोध गरेको छ ।

Crest

बोर्डले दोस्रो बजारमा लगातार सुधार भैरहेकोले लगानीकर्तालाई संयमित भएर सुरक्षित रुपमा लगानी गर्न अनुरोध गरेको छ । बजारको सिद्धान्त अनुरुप बजार घटबढ हुने हुदाँ लगानीकर्ताले लगानी गर्दै गर्दा लगानीसँगसँगै जोखिम पनि हुन्छ भन्ने कुरा ध्यानमा राखी जोखिम बहन गर्न सक्ने गरी लगानी गर्न सबै लगानीकर्तालाई अनुरोध गरेको हो ।

धितोपत्रको दोश्रो बजारमा शेयर कारोवार अनलाइनमार्फत् घरमै बसी बसी कारोबार गर्न सकिने व्यवस्था भई हाल करिव ९० प्रतिशत कारोवार अनलाइनमार्फत् नै भइरहेको, धितोपत्रको प्राथमिक र दोश्रो बजारमा लगानी गर्ने लगानीकर्ताको संख्यामा बृद्धि भइरहेको तथा कारोबार रकम र कारोवार संख्यामा समेत बृद्धि भइरहेको बोर्डले जनाएको छ ।

धितोपत्र बजारको नियमन निकायको रुपमा बोर्डले लगानीकर्ताहरुलाई बजारको विविध पक्षहरु बारे समय समयमा प्रेस विज्ञप्ती, बोर्डको प्रकाशन, बोर्डको वेभसाइट तथा विभिन्न सञ्चार माध्यममार्फत जानकारी गराउदै आइरहेको छ । सूचीकृत संगठित संस्थाहरुको मूल्य संवेदनशील विवरण तथा सूचना नेप्सेमार्फत् प्रकाशन गरी लगानीकर्ताहरुले समयमा नै पाउने व्यवस्था बोर्डले गरेको छ । धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरुलाई धितोपत्र खरिद बिक्री सम्बन्धी निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको हरेक पक्षको जानकारी लिनुका साथै धितोपत्र बजारको अवस्थाको अध्ययन गरेर लहै लहैमा नलागी लगानी सम्बन्धी निर्णय लिन बोर्डले अनुरोध गर्दै आइरहेको छ ।

शेयर बजार बढेको अवस्थामा लगानीकर्ताहरुको जोखिमको स्तर पनि बढ्दै जाने हुँदा यस विषयमा लगानीकर्ताहरु चनाखो हुन जरुरी हुन्छ । हाम्रो बजारको विकासको अवस्थालाई हेर्दा विभिन्न समयमा बजारमा घटबढ देखिसकिएकोले लगानीकर्ताले लगानी गर्दा उपरोक्त बमोजिमको विश्लेषणमा आफ्नो जोखिम बहन गर्न सक्ने क्षमता समेत दृष्टीगत गरी सजग भई सुझबुझपूर्ण रूपमा लगानीसम्बन्धी निर्णय लिन लगानीकर्तालाई बोर्ड अनुरोध गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS