IME Life New

एशियन, प्राइम र सूर्या लाइफलाई दाँजेर हेर्दा ! कुन बलियो र आक्रामक ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ, प्राइम लाइफ र सूर्या लाइफ पुराना जीवन बीमा कम्पनीहरु हुन् । केही समय यता सामाजिक संजालमा धेरै  लगानीकर्ताले एशियन लाइफ, प्राईम लाइफ र सूर्या लाइफलाई दाँज्दै आएकोमा इन्स्योरेन्स खबरले तीन पुराना जीवन बीमा कम्पनीलाई दाँजेर गरेको तुलनात्मक अध्ययन :

चुक्ता  पूँजीको आधारमा :
चुक्ता पुँजी प्राइम लाइफ इन्स्योरेन्सको धेरै छ । प्राइम लाइफको चुक्ता पूँजी  २ अर्ब ४१ करोड रहेको छ भने सूर्या लाइफको २ अर्ब २६ करोड  र एशियन लाइफको २ अर्ब १ करोड रहेको छ ।

Esewa
Crest

जगेडा कोषको आधारमा :
सूर्या लाइफको जगेडा कोषमा ८० करोड हुँदा एशियन लाइफको जगेडामा ७३ करोड र प्राइम लाइफको जगेडामा ६२ करोड रहेको छ।
एशियन लाइफको जगेडा समिक्षा अवधिमा ४७ प्रतिशतले वृद्धिभएको छ भने सूर्या लाइफको जगेडा ३५ प्रतिशत वृद्धि तर प्राइम लाइफको जगेडा कोषमा भने ४१ प्रतिशतको गिरावट आएको छ ।

जीवन बीमा कोषको आधारमा :
एशियन लाइफको जीवन बीमा कोष सबै भन्दा ठुलो छ।  एशियनको जीवन बीमा कोषमा २५ अर्ब हुँदा प्राइमको जीवन बीमा कोषमा १४ अर्ब र सूर्या लाइफको जीवन बीमा कोषमा १० अर्ब छ । समिक्षा अवधिमा सूर्या लाइफको जीवन बीमा कोष सबै भन्दा धेरै ५१ प्रतिशतले वृद्धि भएको छ।

व्यापारको आधारमा :
एशियन लाइफले चालु आर्थिक वर्षको ९ महिनासम्म  ४ अर्ब ५९ करोड खुद बीमा शुल्क आर्जन गरेको छ बहने प्राइम लाइफले ३ अर्ब ७ करोड र सूर्या लाइफले ३ अर्ब २३ करोड  खुद बीमा शुल्क आर्जन गरेको छ । सूर्या लाइफको खुद बीमा शुल्क आर्जन सर्वाधिक ८३ प्रतिशतले वृद्धि भएको छ।

खुद नाफाको आधारमा :
सबै भन्दा धेरै खुद मुनाफा तेश्रो त्रैमाससम्म सूर्या लाइफले गरेको छ। सूर्या लाइफले २९ करोड खुद नाफा गर्दा प्राइम लाइफले २२ करोड र एशियन लाइफले १८ करोड नाफा गरेको छ। समिक्षा अवाधिमा सूर्या लाइफको नाफा सर्वाधिक ५६ प्रतिशतले वृद्धि भएको छ।

प्रति शेयर आम्दानीको आधारमा :
सूर्या लाइफको प्रति शेयर आम्दानी सर्वाधिक १७ रुपैयाँ ११ पैसा छ।

किताबी मूल्यको आधारमा :
सूर्या लाईफको किताबी मूल्य सर्वाधिक १४२ रुपैयाँ छ ।

बजार मूल्य :
यो समाचार तयार गर्दा  एशियन लाइफको बजार मूल्य १४७५ रुपैयाँ छ भने प्राइम लाइफको बजार मूल्य १०१५ छ बहने सूर्या लाइफको बजार मूल्य ९९३ रहेको छ ।

यी माथिका तीन जीवन बीमा कम्पनीलाई दाँजेर हेर्दा एशियन लाइफको व्यापारको आकार ठूलो भए पनि सूर्या लाइफको व्यापार वृद्धि राम्रो देखिएको छ।

(उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS