IME Life New

अभिकर्ताहरु बीमा कम्पनी र समिति विरुद्ध चरणबद्ध आन्दोलनको तयारीमा, ‘बीमितलाई सरेण्डर गर्न आह्वान गर्ने’

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा अभिकर्ताहरुले समिति र कम्पनीहरु विरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिने भन्दै चेतवानी दिएका छन् । बीमा कम्पनीहरुले यहि असार भित्र सम्पुर्ण अभिकर्ताहरुलाई कर्जा फिर्ता गर्न निर्देशन दिए पछि उनिहरु आक्रोसित भएका हुन् ।

बीमा समितिले गत बैशाख २ गते अभिकर्ताहरुलाई दिएको सम्पुर्ण कर्जा यहि असार मसान्तभित्र असुल उपर गर्न निर्देशन दिएको थियो । बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई विनाधितो व्यवसाय ल्याउने आशामा करोडौ रुपैयाँ कर्जा प्रवाह भएको पाए पछि समितले कडाइ गरेको हो ।

Crest

बीमा समितिको निर्देशन पछि कम्पनीहरुले अभिकर्ताहरुलाई कर्जा असुलिका लागि  दवाव दिदै आएका छन् । यसै क्रममा कतिपय कम्पनीहरुले अभिकर्ताले पाउने सेवा सुविधा तथा इन्सेन्टिभ रोकेर राखेका छन् ।

कोभिड १९ को यस्तो पेण्डामिक अवस्थामा बीमा कम्पनीहरुले सेवा सुविधा रोकेर अमानविय हर्कत गरेको पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष नन्द प्रसाद तिवारीले बताए । उनले भने ‘लकडाउनको समयमा सबै जना घर घरमा बसिरहेको अवस्थामा अभिकर्तालाई असार मसान्त भित्रमा भुक्तानी गर्नु भन्नु आफैमा अमानविय कदम हो ।‘

यस्तो समयमा अभिकर्ताको कमाइ हुँदैन । अभिकर्ताको कमाइ नभएको समयमा राहात दिनु पर्नेमा उल्टै कर्जा भुक्तानी गर भन्नु कतिको जायज उनले प्रश्न गरे । अभिकर्तालाई नै प्रमुख पेसा बनाएर हिडेकाहरु यस पेसाबाट विचलित हुने अवस्था आएको उनको तर्क छ ।

अन्य क्षेत्र तथा राज्यले नै विभिन्न सेवा सुविधा दिइरहेको सन्दर्भमा अभिकर्ताहरुलाई पनि प्रोत्साहन मुलक कार्यक्रम ल्याउनु त कहाँ हो कहाँ उल्टै कर्जा असुल उपर गर्न खोज्दा अभिकर्ताहरु आक्रोसित भइरहेको उनले बताए ।

बीमा कम्पनीहरुले एजेन्सी म्यानेजरहरुलाई इन्सेटिभ तथा विभिन्न सेवा सुविधाका लागि टार्गेट बढाइदिएका छन् । यस्तो समयमा टार्गेट थप गर्ने काम भइरहेकोले पनि अभिकर्ताहरु आन्दोलनमा उत्रिने उनले चेतावनी दिए । उनले भने ‘हामीले बीमा कम्पनीहरुलाई यस्तो कार्य अविलम्ब फिर्ता लिन आग्रह गरेका छौ । यदि फिर्ता नभए आन्दोलनमा उत्रिने छौ ।’

यदि यस्तो अवस्था रहिरहने हो भने अभिकर्ताहरु चरणबद्ध रुपमा आन्दोलनमा उत्रिने तिवारीले जानकारी दिए । उनले भने ‘यदि बीमा समितिले नै दवाव दिइहरेको छ भने हामी बीमा समिति सँग कुरा गर्छौ तर बीमा कम्पनीहरुले नै पेल्न खोजेको हो भने हामी व्यवसाय दिदैनौ ।‘

यस्तै अवस्था रहिरहने हो भने बीमितहरुलाई पोलिसी सरेण्डर गर्न तथा आफुले भुक्तानी गरेको प्रिमियम फिर्ता लिन आह्वान गर्ने अध्यक्ष तिवारीले चेतावनी दिए । उनले थपे ‘यदि हामी नै रहेनौ भने ग्राहकलाई कसले सेवा सुविधा दिन्छ । त्यसैले हामी उहाँहरुलाई पैसा फिर्ता लिन आह्वान गर्छौ ।‘

कम्पनीहरुले बीमितलाई प्रदान गर्ने बोनस दर बढाउन नसकेको तर शेयरधनीले पाउने लाभांस भने वर्षेनी करोडौ रुपैयाँ बढिरहेको आरोप लगाउदै आएका छन् । यहि अवधिमा कम्पनीहरुले वर्षौदेखि चलेका पोलिसी बन्द गरेर थप प्रिमियम लोड गरेर पोलिसी जारी गरिरहेकोले पनि आन्दोलनमा उत्रिनु परेको उनिहरुको तर्क छ ।

अहलेको लकडाउनको समयमा व्यापक तयारी गर्ने र लकडाउन सकिने वित्तीकै आन्दोलनमा उत्रिने अभिकर्ताको तयारी छ । जीवन बीमा व्यवसाय अभिकर्ताहरुबाट चलिरहेको छ । उनिहरुका लागि बीमा समितिले पनि केहि सोच्नु पर्ने अवस्था रहन्छ । अभिकर्ताहरुलाई गैरकानुनी रुपमा प्रदान गरिएको कर्जा असुल गरिनु पर्छ तर अहिलेको पेण्डामिक समयलाई मध्यनजर गर्दै समितिले केहि समय भने थप गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS