IME Life New

पुष्पतारा केडिया सेवा फाउण्डेशनद्धारा उधोग परिसंघ र चेम्बर अफ कमर्शको कोभिड फण्डमा आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केडिया अर्गनाइजेशन अन्र्तगत पुष्पतारा नेपाल उधोग परिसंघ र नेपाल चेम्बर अफ कमर्शको कोभिड फण्डमा आर्थिक सहयोग गरेको छ ।

संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कोभिड -१९ बाट सृजित वर्तमान अवस्थालाई मध्यनजर गर्दै नेपाल उधोग परिसंघद्धारा गठित कोभिड फण्डमा पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

Esewa
Crest

फाउण्डेशनद्धारा सहयोग गरिएको सो रकमले अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर पि.पि.इ खरिद तथा व्यवस्थापनको लागि एक महत्वपुर्ण योगदान हुने बिश्वास लिएको छ । पुष्पतारा केडिया सेवा फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद एवं साँस्कृतिक उत्थानको लागि कार्य गर्ने उद्धेश्यका साथ स्थापना गरिएको एवं गैर नाफामुलक सामाजिक संस्थाको रुपमा सक्रियताका साथ यस क्षेत्रमा कार्य गर्दै आइरहेको छन् ।

यसका साथसाथै पुष्पतारा केडिया सेवा फाउण्डेशनले आफनोे संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नै नेपाल चेम्बर अफ कमर्शको कोभिड फण्डमा दुई लाख मात्र रुपैयाँ प्रदान गरेको छ ।
सो रकम समेत अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर पि.पि.इ खरिद तथा व्यवस्थापनका निम्ति सहयोगको एक कोषेढुङ्गा हुनेमा फाउण्डेशन विश्वस्त रहेको छ । कोभिड १९ को महामारीमा यस फाउण्डेशनद्धारा प्रदान गरिएको सो सहयोग रकम सम्बन्धित स्थानमा चाँडोभन्दा चाँडो पुगी आम जनतालाई राहत पुग्ने छ फाउण्डेशनद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS