IME Life New

खाद्यान्न पसल विहान ९ बजेसम्म खुल्ने, यि हुन् निषेधाज्ञामा खुल्ने क्षेत्रहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काडमाडौं । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीहरुले जेठ ३१ गतेसम्म निषेधाज्ञाको समय थप गरेका छन् । निषेधाज्ञाको समयमा अत्यावश्यक खाद्य सामाग्री लगायत कहि क्षेत्रहरुलाई भने सञ्चालन गर्न निइने भएको छ ।

निषेधाज्ञाको समयमा तरकारी, फलफूल, खाद्यान्न, दुध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) बिहान ०९:०० बजेसम्म मात्र खुला गर्न पाइने छ । तर तरकारी तथा फलफूलको थोक बजारमा फुटकर बिक्री वितरण गर्न पाइने छैन । स्थानीय डुवानीका हकमा राति ०९:०० बजे देखि बिहान ०९:०० बजे सम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

Esewa
Crest

तरकारी, फलफूल, खाद्यान्न, दुध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु, किराना पसल, डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र), सवारी साधन मर्मतका लागि वर्कशपहरुले सामग्री किनवेच गर्दा कम्तिमा २ मिटरको भौतिक दूरी कायम गर्ने, अनिवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने । यदि तोके बमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमनको क्रममा भेटिएमा पसल बन्द गर्न समेत सकिने ।

सवारी साधन मर्मतका लागि वर्कशपहरु राति ०९:०० बजे देखि बिहान ०९:०० बजे सम्म संचालन गर्न पाइनेछ । तोकिएको तरकारी बजार बाहेक अन्य सार्वजनिक स्थल/बाटोमा तरकारी तथा फलफूल बिक्री वितरण गर्न रोक लगाउने निर्णय भएको छ ।

औषधी तथा स्वास्थ्य सामाग्री सम्बन्धी पसल जुनसुकै समय निर्वाध रुपमा संचालन गर्न पाइनेछ । पत्रकार तथा सञ्चारकर्मीलाई सूचना तथा प्रसारण विभागको प्रेस पासका आधारमा आवत जावतमा सहजीकरण गर्ने निर्णय भएको छ । सूचना तथा प्रसारण विभागको प्रेस पास नभएका संचारकर्मी/कर्मचारीको हकमा आधिकारिक निकायमा दर्ता भएको सम्बन्धित संचार गृहको किटानी सिफारिशका आधारमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासको आधारमा मात्र आवत जावत गर्न सकिने ।

निलो प्लेटका सवारी साधनको हकमा परिचयपत्र बाहक पदाधिकारी तथा कर्मचारीलाई सवारी पास आवश्यक नपर्ने। प्रिन्टिङ प्रेसमा काम गर्ने, सुरक्षा सम्बद्ध कर्मचारी तथा औषधी आपूर्ति गर्ने परिचय बाहक व्यक्तिको हकमा सम्बद्ध निकाय तथा आपूर्तिकर्ताको अनुमति पत्र भए सवारी पास नचाहिने।

विवाह व्रतबन्धको हकमा बढीमा ७ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी आफ्नो घर वा बसेको स्थानमा मात्र गर्ने । होटल तथा पार्टी प्यालेसमा गर्न नपाउने । विवाह वा ब्रतबन्धको हकमा १ वटा सवारी साधन (बेहुला बेहुली समेत) प्रयोग गर्ने गरी व्यानरका आधारमा आवतजावत गर्न पाउने ।

बैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुका लागि कुटनैतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रकृयामा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने । नेपाल सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी कुटनीतिक नियोगले अति आवश्यक परीक्षा तथा अन्तर्वार्ता गर्न सक्ने र सो कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने ।

अत्यावश्यक उद्योग संचालन तथा निर्माण कार्यका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्ने गरी कार्यस्थलमा नै श्रमिक कामदारको आवासीय व्यवस्था गरी संचालन गर्ने । ट्रान्सपोर्ट कम्पनीको हकमा औषधी तथा स्वास्थ्य उपकरण, अक्सिजन सिलिण्डर, अस्पतालको बेड, कृषि मल, बीउ तथा खाद्यान्न सामग्री मात्र डुबानी गर्दा स्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्ने । नेपाल सरकारबाट जारी गरेको स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी कृषि कार्य गर्न सकिने ।

मृत्यु संस्कारका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिन पेश गर्नु पर्ने कागजातको हकमा मृत्यु संस्कारका लागि जानु पर्ने वा फर्किनु पर्ने अवस्थामा मृत्यु दर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिश, परिचय खुल्ने कागजातको प्रतिलिपी सहित निवेदन पेश गर्ने ।

बिरामी तथा कुरुवाको हकमा काठमाडौं जिल्ला भित्रका बिरामी तथा कुरुवाको अस्पतालको भर्ना कार्ड वा रिपोर्ट कार्डका आधारमा २ जनाले आवतजावत गर्न पाउने र परिवारका सदस्य वा आफन्त विरामी भै काठमाडौं बाहिर जानु पर्ने अवस्थामा बिरामीको रिपोर्ट कार्ड/भर्ना कार्ड, परिचय खुल्ने कागजातको प्रतिलिपि सहित निवेदन पेश गर्ने । सुरक्षा गार्डहरुको हकमा परिचय पत्र र पोशाक लगाएर ड्युटी आवत जावत गर्न पाउने ।

अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत मर्मत सम्भार, स्वास्थ्य सम्बद्ध (औषधी, अक्सिजन सिलिण्डर), दूरसंचार, इन्टरनेट मर्मत, कार्गो, कुरियर तथा डाँक सेवा र फोहोरमैला व्यवस्थापन सम्बन्धी ढुवानी तथा यातायातका साधनमा व्यानर वा प्रिन्टमा विषय उल्लेख गरी संचालन गर्न पाउने।

तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दूग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपंछीजन्य पदार्थ, भेटनरी सम्बन्धी कार्य, ईन्धन, खाना पकाउने ग्यास, सरसफाईमा प्रयोग गरिने मास्क/सावुन/स्यानिटाइजर र प्रिन्ट तथा सरकारी छापाखाना लगायतका ढुवानी तथा सो को यातायातका साधनमा व्यानर वा प्रिन्टमा विषय उल्लेख गरी राति ०९:०० बजे देखि बिहान ०९:०० बजे सम्म न्यूनतम जनशक्ति प्रयोग गरी संचालन गर्न पाउने ।

निर्माण सामग्री ढुवानीका लागि सो को सवारी साधन राति ०९:०० बजे देखि बिहान ०४:०० बजे सम्म संचालन गर्न पाउने ।

भन्सार विन्दुबाट Exit Note जारी भएका मालवाहक सवारी साधन तथा सम्बन्धित भन्सार प्रमुखले मालसामान छुटाउन भनी आउन जारी रुट खुलाई अनुमति स्वीकृति प्रदान गरेका त्यस्ता मालसामान छुटाउने भन्सार एजेन्ट तथा कर्मचारीलाई अनुमतिमा उल्लेख गरेको दिन र स्थान सम्म आवतजावत गर्न दिने ।

अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बीमा लगायतका कार्यालयहरुको सेवा प्रवाह हाललाई स्थगन गर्ने ।

जनप्रतिनिधि, संवैधानिक निकायका पदाधिकारी तथा सचिव, माननीय न्यायाधीश, मन्त्रालयका सचिव, विभागीय प्रमुख र मन्त्रालयका सहसचिवको हकर्मा परिचय पत्रका आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने ।

सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक, अन्य सम्पूर्ण वित्तीय संस्थाहरु, इन्टरनेट सेवा प्रदायक संस्था र दूरसंचार प्रदाय संस्थाका सवारी साधनको हकमा सम्बन्धित मन्त्रालयका सचिव तथा विभागीय प्रमुखले जारी गरेको पास तथा परिचय पत्रका आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने ।

काठमाडौ जिल्लामा बाणिज्य बैंकको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय, विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालय, वित्त कम्पनीको हकमा केन्द्रीय कार्यालय र १ वटा शाखा कार्यालय, बीमा समिति तथा बीमा कम्पनीको हकमा कर्पोरेट कार्यालय र धितो पत्र बोर्ड मात्र खुल्ने गरी आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र प्रयोग गरी कार्य संचालन गर्ने व्यवस्था मिलाई सो को विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिने । यसको अनुगमन जिल्ला प्रशासन कार्यालयबाट हुने ।

अन्तर्राष्ट्रिय उडानबाट आवतजावत गर्ने यात्रुहरुको हकमा हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई सिधै एयरपोर्ट जानका लागि सवारी साधनको सहजीकरण गर्ने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS