IME Life New

राधी विधुत कम्पनीले १४७.५२ % हकप्रद घोषणा गरेको दिन कुन ब्रोकरबाट सर्वाधिक खरिदबिक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ । राधी विधुत कम्पनीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने जानकारी दिएको दिनको फ्लोरसिट हेर्दा बिक्री गर्ने ब्रोकर  नै आक्रामक भएको देखिन्छ। राधीको बजार मूल्यमा माथिल्लो सर्किट लाग्दै ९ दशमलव ९८ प्रतिशत बजार मूल्य वृद्धि भएको छ। कम्पनीको बजार मूल्य ११४ रुपैयाँले वृद्धि हुँदै १२५६ मा बजार मूल्य बन्द भएको हो। कारोवार सुरु हुँदा खरिदकर्ता मात्र देखिएकोमा विस्तारै बिक्रीकर्तापनि आजको राधीको कारोवार देख्न सकिन्थ्यो। राधीको आज सर्वाधिक कारोवार ९१ करोड ८ लाख भएको थियो ।

Esewa
Crest

जेष्ठ १७ गतेको फ्लोरसिट हेर्दा ५७ नम्बर ब्रोकरबाट सर्वाधिक शेयर खरिद भएको छ। ब्रोकर नम्बर ५७ बाट ५ करोड ९१ लाख बराबरको शेयर खरिद भएको छ भने दोश्रोमा ३९ नम्बर ब्रोकरबाट ४ करोड ३५ लाख बराबरको शेयर खरिद भएको छ ।  त्यस्तै बिक्री तर्फ २० नम्बर ब्रोकरबाट १९ करोड ९२ लाख बराबरको शेयर बिक्री भएको छ भने ४३ नम्बर ब्रोकर बाट १९ करोड ६८ लाख बराबरको शेयर बिक्री भएको छ । त्यस्तै ५८ नम्बर ब्रोकरबाट १६ करोड ६१ लाख बराबरको शेयर बिक्री भएको छ ।

दिन भरमा राधीको ९१ करोड बराबरको शेयर कारोवार भएकोमा ५७ नम्बर ब्रोकरबाट  ६ दशमलव ४९ प्रतिशत शेयर खरिद भएकोमा ३९ नम्बर ब्रोकरबाट ४ दशमलव ७८ प्रतिशत बराबरको शेयर खरिद भएको छ ।

त्यस्तै बिक्री तर्फ आजको कारोवार रकमको २१ दशमलव ८८ प्रतिशत बिक्री ब्रोकर नम्बर २० बाट  भएको  छ भने ४३ नम्बर ब्रोकरबाट २१ दशमवल ६२ प्रतिशत बिर्की र ५८ नम्बर ब्रोकरबाट १८ दशमलव २४ प्रतिशत बिक्री भएको छ।

राधी विधुत कम्पनीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रस्ताव गरेको ३६ दशमलव ५ प्रतिशत बोनश शेयरपछि कायम चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाको १४७ दशमलव ५२ प्रतिशतले हुन आउने १ बराबर १ दशमलव ४७५२ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद विक्री गर्ने भएको हो ।

कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठक यस्तो निर्णय गरेको हो । कम्पनीले हकप्रद शेयरको प्रस्ताव पनि आगामी साधारण सभाबाट पारित गराउने निर्णय गरेको छ । कोभिडका कारण ढिलाई भएको कम्पनीको १५ औं वार्षिक साधारण सभा यथासिघ्र सम्पन्न गर्नेसमेत कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS