काठमाडौं । साताको पहिलो कारोबारको दिन (आईतबार )नेप्से परिसूचक १२ दशमलव ५३ अंकले बढेर २८२७ दशमलव ९३ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा २ सय १९ वटा कम्पनीको ४ करोड २६ लाख ३६ हजार ३ सय ४८ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब २८ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेशनल हाईड्रोपावरकोे सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४७ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण काबेली हाईड्रोपावरको ४६ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज १६ कम्पनीको शेयरमा सर्किट लागेको छ। ज्योति विकास बैंकको लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने घलेम्दी हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतले बढेको छ।
वरुण हाईड्रोपावरका लगानीकर्ताले ६ दशमलव ५६ प्रतिशतका दरले गुमाएका छन् भने हिमालयन उर्जा कम्पनीका लागनीकर्ताले ६ दशमलव २६ प्रतिशतका दरले गुमाएका छन् ।