काठमाडौ । जिल्ला प्रशासन कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र ब्रोकर एसोसिएन विचको छलफल पछि एउटा ब्रोकर कार्यालयले अधिकतम तीन वटासम्म सवारी साधन चालउन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले आजदेखि निषेधाज्ञालाई थप कडाइ गरेको छ । निषेधाज्ञाको समयमा चल्न नपाउने सवारी साधनको सूचिमा शेयर ब्रोकरका सवारी साधन पनि उल्लेख थियो ।
यहि कारणले आज प्रहरीले ब्रोकर कार्यालयका कर्मचारीलाई विचबाटोमै रोकेर राखेको ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले जानकारी दिए । शेयर बजार बन्द गर्ने कुनै निर्णय भएको छैन । तर जिल्ला प्रशासनले यथार्थ नबुझी ब्रोकर कार्यालयका कर्मचारीलाई आवतजावतमा रोक लगाउने निर्णय गरेको अध्यक्ष मैनालीले आरोप लगाए । अहिले सबै कुरा सहज भैसकेकोले शेयर बजार सुचारु हुने उनले जानकारी दिए ।