IME Life New

४० प्रतिशत ऋणपत्र प्राकृतिक व्यक्तिको लागी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

कम्पनीहरुले ऋणपत्र जारी गर्दा जारी रकमको कम्तिमा ४० प्रतिशत ऋणपत्र प्राकृतिक व्यक्तिलाई विक्री वितरण गर्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ लाई शंसोधन गर्दै उक्त व्यवस्था गरेको हो । अर्थमन्त्रालयबाट पूँजीबजारसँग सम्बन्धित सुझावहरु कार्यन्वयनका लागी बोर्डमा प्राप्त भएको प्रतिवेदनको कार्यन्वयन गर्दै निर्देशिका नै संशोधन गरिएको बोर्डले बताएको छ ।

तर, प्राकृतिक व्यक्तिलाई छुटट्याईएको ऋणपत्र तोकिएको अवधि भित्रमा प्राकृतिक व्यक्तिले खरिद नगरेमा अन्य खरिदकर्तालाई विक्री गर्न सकिनेछ बोर्डले व्यवस्था गरेको छ ।
त्यस्तै प्रारम्भिक सार्वजनिक निकाष्शनको प्रिमियम निर्धारण गर्दा नेटवर्थको दुई गुणासम्म कायम गर्न सक्ने व्यवस्था गरिएको छ । यस अघि भने चार गुणासम्म कायम गर्न सक्ने व्यवस्था रहँदै आएको छ ।

Crest

साथै थप सार्वजनिक निकाष्शनको प्रिमियम निर्धारण गर्दा प्रति सेयर नेटवर्थको भन्दा बढी नहुने गरी प्रिमियम सहितको निकाष्शन मूल्य निर्धारण गर्न सक्ने व्यवस्था गरेको छ ।
तर, यस अघि स्थानीय बासिन्दाका लागि धितोपत्र निष्काशनको स्वीकृति भै समेको अवस्थामा साविककै व्यवस्था अनुसार सार्वजनिक निकाष्शन गर्न सक्ने व्यवस्था गरिएको बोर्डले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS