Connect IPS
IME Life

कोभिड १९ बाट थप १६९ जनाको मृत्यु, ८६३९ जनामा संक्रमण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मंगलबार थप १६९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ।

देशभरका प्रयोगशालामा २२ हजार ३०६ जनाको पीसीआर परिक्षण गर्दा ८६३९ जनाको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Prabhu
Crest

यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा ६३० जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट २४९ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार थपिएका समेत गरी नेपालमा हालसम्म कोरोना भाइरसको संत्रमण हुनेको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । हालसम्म ४ लाख ४ हजार ८८७ जना संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ ।

देशभर हाल १ लाख १७ २६१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ । सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ४२८ जना होम आइसोलेसनमा र ८ हजार ८३३ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा रहेकामध्ये  १ हजार ६७२ जना आईसीयू र ४४७   जना भेन्टिलेसनमा रहेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS